शनिबार संक्रमणभन्दा निको हुने संख्या बढी, ३० काे निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा कोरोनामुक्त हुनेको संख्या बढेको छ।  शनिबार   २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ लाख ९५ हजार ९२५ संक्रमणमुक्त भएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ। यो संख्या कुल संक्रमित मध्ये संक्रमणमुक्त हुने ९३ दशमलव ३ प्रतिशत हो।

सोही अवधिमा थप २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोनाबाट १० हजार ४८५ जनाको ज्यान गुमेको छ।

शनिबार देशभर ३९ हजार ३२१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये ३ हजार ३०६ जना अस्पतालमा उपचार गराइरहेका छन्।

मन्त्रालयको जारी गरेको तथ्यांक अनुसार १६६ भेन्टिलेटर सहित ७१८ जना आइसियूमा छन्।

आज देशभर ३६ हजार १५ जना घरमा आराम गरिहेका छन्। शनिबार ४२३ जना क्वारेन्टाइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *