एक लाखभन्दा बढीले पाएनन् कोरोना बिमाको भुक्तानी

हेल्थपोस्ट नेपाल

 

कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन्।

महालेखापरीक्षकको ५८ औं प्रतिवेदनले कोरोना बिमा ६ अर्ब १६ करोड ६१ लाख भुक्तानी हुन नसकेको देखाएको छ।

प्रतिवेदन अनुसार २०७७–०७८ असार सम्म १७ लाख ५८ हजार ३४३ ले बिमा गरेको थिए। कोरोना बिमा मार्फत १ अर्ब ५ करोड ५ लाख बिमा प्रिमियम संकलन भएको थियो।

१ लाख १४ हजार ६३३ बीमितबाट १० अर्ब ९७ करोड ७३ लाखको दाबी भएको महालेखा प्रतिवेदनले देखाएको छ। प्रिमियम भन्दा ९ अर्ब ९२ करोड ६८ लाख बढि दाबी भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, कोभिड–१९ उपचारमा आवश्यक ११ प्रकारका औषधि खरिद गरी २ करोड ४३ लाख ६५ हजार भुक्तानी दिएकोमा ती औषधि गुणस्तरहीन पाइएको महालेखाले जनाएको छ ।

‘आपूर्ति भएका औषधिको केमिस्टसमेतको विज्ञ समितिबाट गुणस्तर परीक्षण गर्दा ६ प्रकारका औषधि गुणस्तरयोग्य रहेको, ४ प्रकारका औषधि सम्झौताअनुसारको नभएको र इन्सुलिन अस्पार्टको उत्पादन मुलुक फरक परेको अवस्थामा समेत विभागले सबै सामग्री स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ।

‘खरिद सम्झौतामा उल्लेखित सर्त र स्फेसिफिकेसन बमोजिम मेल नखाएका औषधि स्वीकार गर्नु उचित होइन,’ प्रतिवेदनमा भनिएको छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *