शुक्रबार ३ हजार ४२ जना संक्रमित थपिए, २६ को निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १७ हजार ६५४ नमुना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २ हजार २४४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा २६ जनाको निधन भएको छ। मन्त्रालयको अनुसार नेपालमा कोरोनाबाट १० हजार ४५५ जनाले ज्यान गुमाइसकेका छन्।

शुक्रबार देशभर ४० हजार ३०९ सक्रिय संक्रिमत छन्। जसमध्ये ३ हजार ३८७ को अस्पतालमा उपचार भइरहेको छ।

३६ हजार ९२२ जना होम आइसोलेसनमा आराम गरिरहेका छन्।

मन्त्रालयको तथ्यां अनुसार शुक्रबार १७१ भेन्टिलेटरसहित ७१४ आइसियूमा रहेका छन्।

आज देशभर ४४६ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *