राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा केशव पण्डित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (टेकु) मा केशव पण्डितलाई जिम्मेवारी दिएको छ।
शुक्रबार मन्त्री स्तरीय निर्णयले पण्डितलाई तालिम केन्द्रको जिम्मेवारी दिइएको हो।
तालिम केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ।
केही समयअघि मात्र हेल्थ इन्स्पेक्सन समूह ११ औं तहमा नाम निकालेका पण्डित पनि जिम्मेवारी विहीन थिए।
त्यसैगरी, कान्ति बाल अस्पातलको डा. अजित रायमाझी र मन्त्रालयको समवन्य महाशाखाको जिम्मेवारी रिता भण्डारीले दिइएको छ।