कान्ति अस्पतालकाे निर्देशकमा डा. अजित, समन्वय महाशाखामा रिता

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित रायमाझीलाई जिम्मेवारी दिएको छ।

शुक्रबार मन्त्रीस्तरीय निर्णयले डा. रायमाझीलाई निर्देशकको जिम्मेवारी दिएको हो।

बाल रोग विशेषज्ञ डा. रायमाझी कान्तिका पुर्व निर्देशक समेत हुन्।

गत साउन १९ गते राज्यमन्त्री उमेश श्रेष्ठले डा. आरपी बिच्छालाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएसँगै सो पद खाली भएको थियो।

कान्तिबाट विभागमा सरुवा भएपछि डा. बिच्छाले अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईंलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए।

मन्त्रालयले पुर्व निर्देशकको रूपमा कुशल नेतृत्व वहन गरिसकेका र कान्तिको समस्यालाई राम्रोसँग बुझिसकेकाले पुन निर्देशकमा डा. रायमाझीलाई जिम्मेवारी दिएको जनाएको छ।

त्यसैगरी, लामो समयदेखि रिक्त रहेको मन्त्रालयको स्वास्थ्य समवन्यको जिम्मेवारी रिता भण्डारीलाई दिइएको छ।

भण्डारी हेल्थ इन्स्पेक्सन समूहकी हुन्।

तत्कालिन प्रमुख डा‌‌ जागेश्वर गाैतमलाइ जेठ १० केन्द्रीय कमाण्ड अस्पतालकाे जिम्मेवारी दिएसँगै महाशाखा नेतृत्वविहीन थियो।

अघिल्लो सरकारले ११ औं तहकी भण्डारीलाई मन्त्रालयमा जगेडामा राखिएको थियो।

त्यस्तै मन्त्रालयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी केशव पण्डितलाई दिएको छ। केही समयअघि मात्र  हेल्थ इन्स्पेक्सन समूह ११ औं तहमा नाम निकालेका पण्डित पनि जिम्मेवारी विहीन थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *