कोभिड उपचारमा प्रयोग हुने नाइट्रिक अक्साइडको नेपालमा परीक्षण गरिने

हेल्थपोस्ट नेपाल

 

 

कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गरिने भएको छ ।

अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेली र अनुसन्धानकर्ता डा. न्याथन ब्रायनले नेपाललाई १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराउने भएको छ।

अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई उपलब्ध गराउने भएको हो।

 

अनुसन्धानकर्ता डा. ब्रायनले डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने बताए।

उनका अनुसार कोरोना संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ।

उक्त सप्लीमेन्टले अस्पताल भर्ना हुनबाट जोगाउने उनका अनुसार यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ।

उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ।

 

कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको अध्ययनले पत्ता लागेको बताइएको छ ।

यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्ने साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य गर्ने बताइएको छ ।

डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्न सक्नो कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने शेलीले बताए।

नेपालमा कोरोना संक्रमित दैनिक बढीरहेको भन्दै उनले यो सप्लीमेन्ट सहयोग स्वरुप उपलब्ध गराएको उनको भनाई छ।

नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट भएकाले चिकित्सकको प्रेस क्रिप्सन र औषधि व्यवस्था विभागको अनुमतिको आवश्यक नपर्ने बसन्त चौधरी फाउण्डेशनका अध्यक्ष बसन्त चौधरीले बताए।

उक्त सप्लीमेन्ट नेपाल आउन दुई महिना लाग्ने र सरकारसँगको समन्वयमा वितरण गरिने उनले जानकारी दिए।

डाइटरी सप्लीमेन्टका अनुसन्धानकर्ता डा. न्याथन ब्रायनसँगै आएका पूर्व सिनेटर ड्यान शेलीले भने –‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *