आजदेखि १८ बर्षभन्दा माथिका लाई एस्ट्राजेनेका खोप दिइने

हेल्थपोस्ट नेपाल

 

 

सरकारले आजदेखि १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।

त्यसैगरी, यसभन्दा अगाडी प्राथमिकतामा छुट भएका नागरिक र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।

स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले सबै प्रदेश निर्देशनालय र ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट निर्णय गराई लक्षित समूह बाहेक उल्लेखित समूहलाई पहिलो मात्रा खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेका छन्।

अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप दिइएको छ।

 

जापान सरकारले गत साउनमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो। भने भुटानले पनि करिब ३ लाख एस्ट्राजेनेका सहयोग गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *