कोरोना संक्रमणबाट पत्रकार शिवाकोटीको मृत्यु

हेल्थपोस्ट नेपाल

 

कोरोना संक्रमणका कारण झापामा पत्रकारको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेश शिवाकोटी छन्। शिवाकोटी हाल दमकबाट प्रशारण भइरहेको १००.७ मेगाहर्जको रेडियो झापाका स्टेसन म्यानेजर हुन्।

झापाको कमल गाउँपालिका निवासी शिवाकोटी एकसातादेखि उपचाररत थिए। दमकको आम्दा अस्पतालको आयइसियुमा उनको उपचार हुँदै आएको थियो। उनको बिहीबार राति निधन भएको हो।

उनी र रेडियोका केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सो एफएमको नियमित प्रशारण एकसातादेखि बन्द छ। मृतक शिवाकोटी २०५५ सालमा मोरङको विराटनगरबाट प्रकाशित हुने चाणक्य साप्ताहिकको सम्पादकसमेत थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *