शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि कोरोना खोप दिइने, यी हुन् केन्द्र?

हेल्थपोस्ट नेपाल

 

काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।

त्यसैगरी, काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थी लाई पनि शुक्रबारदेखि नै खोप दिइने कार्यलयका प्रमुख बद्री खड्काले जानकारी दिए।

यी हुन् खोप केन्द्रहरु ?

१‌. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
२. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
३. राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
४. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
६. वीर अस्पताल, रत्नपार्क
७. निजामति कर्मचारी अस्पताल, वानेश्वर
८. परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
९. शिक्षण अस्पताल, महाराजगञ्ज
१०. काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
११. अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *