वीर अस्पताललाई व्यवस्थित बनाइँदै, दुई उपनिर्देशक नियुक्त

हेल्थपोस्ट नेपाल

 

कोभिड–१९ यूनिफाइड केन्द्रिय अस्पताल (वीर) मा कोरोना संक्रमित तथा ननकोभिडको उपचार व्यवस्थापनमा सहजीकरण गर्न २ जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले यौन तथा छालारोग विशेषज्ञ प्रा.डा. अनुपमा कार्की नन कोभिड तर्फ र छाती रोग तथा सघन उपचार विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ लाई कोभिडतर्फको उपचार व्यवस्थापनका लागि जिम्मेवारी दिइएका हुन्।

यसभन्दा अगाडी डा. जागेश्वर गौतमले उपनिर्देशकमा नियुक्त गरेका डा.अशेष ढुंगाना र डा. नविन पोखरेलले राजीनामा दिएसँगै साे पदमा नयाँ नियुक्त गरिएको डा. बस्नेतले बताए।

अस्पताल सेवामा सहज होस भन्ने उदेश्यले दुई जनालाई छुट्टा–छुट्टै जिम्मेवारी दिएको डा. बस्नेतको भनाई छ।

‘वीरले नन कोभिड र कोभिड बिरामीलाई सेवा दिइरहेको छ। ठुलो अस्पताल भएकाले विभिन्न विभागहरू छन्,’ डा. बस्नेतलले भने, ‘ सेवा प्रभावित हुन नदिनका लागि दुई जनालाई छुट्टा–छुट्टै जिम्मेवारी दिएको हाे।’

हाल वीरमा सर्जिकल भवनबाट कोभिड बिरामी र पुरानो भवनबाट नन कोभिड बिरामीलाई सेवा दिइरहेको छ।

हाल दैनिक १ हजार ५ सयको हाराहारीमा नन कोभिडका बिरामीले सेवा लिइरहेका डा. बस्नेतले जानकारी दिए।

हाल वीरमा कोभिडका २३० बेड सञ्चालनमा छ। जसमा ५५ आइसियू र अन्य ८१ एचडियू बेड छन्।

बिहिबार एक सयभन्दा बढी बिरामीले  उपचार लिइरहेका छन्।

३ सय जनर्रल बेडको लागि काम अगाडी बढाइएको डा. बस्नेतले बताए।

‘जनर्रल बेड खाली आधा भन्दा खाली छ। एचडियू बेड केही खाली छ भने आइसियू बेड भरिभाउ भएका छन्। तर, हामी बेड संख्या बढाएर सेवा दिन सक्छौं। अस्पतालका आएका बिरामीलाई नर्फाउने गरी सेवा विस्तार गर्दै लगेका छौं,’ उनले भने।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *