बिहिबार ३ हजार ७५ संक्रमित थपिए, ३३ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार ४३८ नमुना परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। सोही समयमा २ हजार १२६ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ।

त्यसैगरी, २४ घण्टामा ३३ एक जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको छन्। जसमध्ये ३७ हजार ११४ होम आइसोलेसनमा छन्।

संस्थागत आइसोलेसनमा ३ हजार ३८६ भने ७३९ जना आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको मन्त्रालयले जनाएको छ।

बिहिबार ३८५ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *