स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरीको मुम्बईमा उपचार हुँदै

हेल्थपोस्ट नेपाल

 

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी अस्वस्थ भएका छन्। गिरीको घाँटीमा गम्भीर समस्या देखिएको हो।

घाँटीमा समस्या देखिएपछि उनको मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन्।

चिकित्सकहरूले क्यान्सरको आशंका गरे पनि पुष्टि भने भइसकेको छैन।

यसैबीच, गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाँदै छन्। नेता गिरीलाई भेट्न आफू मुम्बईका जान लागेको निधिले बताए।

काठमाडौंबाट जनकपुर हुँदै बिहारको दरभंगाबाट उनी मुम्बई जानलागेका हुन्। दरभंगाबाट दिउँसो ४ बजे स्पाइस जेटको विमानबाट उनी मुम्बईका लागि उड्ने छन्। निधिसँगै कांग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य बालकृष्ण पाण्डे पनि गिरीलाई भेट्न मुम्बई गएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *