के कोरोना लागेर सञ्चो भइसकेकाले पनि खोप लगाउनुपर्छ?
पर्छ। पहिले नै कोभिड –१९ संक्रमण भएर अहिले सञ्चो भइसकेकाहरूले पनि कोभिड –१९ विरुद्धको खोप लगाउनु पर्छ। एकपटक कोभिड–१९ लागिसकेको व्यक्तिले कोभिड–१९ विरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि अहिलेसम्म यकिन गर्न सकिएको छैन। त्यसैले कोभिड लागेर निको भएका १ महिनापछि आफ्नो पालो आए पछि खोप लगाउनु पर्छ।
कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं
मास्क लगाऔं
भौतिक दुरी कायम गरौं
बेलाबेलामा साबुनपानीले हात धोऔं