कोरोना नियन्त्रण गर्ने राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन

हेल्थपोस्ट नेपाल

 

 

सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन लागि उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ उच्चस्तरीय समिति गठन गरेका छन्।

समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल छन्।  त्यसैगरी, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह छन्।

सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा रुद्र मरासिनी, समितिको सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी रहेका छन्।

उच्चस्तरीय समितिले कोरोना महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तराष्ट्रिय सीमानाकामा हेल्थ डेस्क संचालन, क्वारेन्टाइन, ट्रेष्टिङ, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार उपकरण खरिद तथा आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने लगायतका काम गर्ने छन्।

 



2 thoughts on “कोरोना नियन्त्रण गर्ने राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन

  1. नयाँ समिति लाइ बिन्ती छ, नेपाल मा शहर भन्दा गाउँमा कोरोना को प्रकोपले भयावह रुप लिदै छ!गाउँमा अनुगमन छैन,सुरक्षा निकाय छैन,स्वास्थ्य उपचार छैन, मास्क कसैले लगाउदैन,कोरोना बारेको शिक्षा मा सरकारि निकायको लगानी सुन्य छ! कृपया गाउँ मा तपाईं हरुको आफन्त हरु नभए पनि भोटर हरु त्यहीँ बस्छन अनि उनीहरुको सुरक्षा मा यो नयाँ समितिको ध्यानाकर्षण गराउन चाहन्छु! कमसेकम गाउँमा प्रहरी वा शसस्त्र प्रहरी परिचालन गरि निषेधाज्ञा को अनुगमन मा कडाइ गर्न जिल्ला प्रमुखहरूलाई कडा निर्देशन दिएर सुरक्षा प्रदान गरियोस!

  2. राम्रो सुझाव । सहरहरुमा आवस्यक छ तर त्यहाँ मात्र ध्यान केन्द्रित भएर पुग्दैन पक्कै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *