डा. केसीको मागप्रति स्वास्थ्य मन्त्रालय संवेदनशील, बीपी प्रतिष्ठानमा अनियमितता गर्ने माथि कारबार्ही

हेल्थपोस्ट नेपाल

 

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले उठाएका मागहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्योवन्यनमा ल्याएउने प्रतिबद्धता जनाएको छ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका मागहरू प्रति संवेदनशील रहेको र कार्यावन्यन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा लगायत चिकित्सक सुधारका अन्य माग गर्दै सत्याग्रह सुरू गर्ने चेतावनी दिएका थिए।

नेपाल चिकित्सक संघको समवन्यमा मंगलबार डा. केसी र प्रधानमन्त्री शेर बहादुर देउवा बीच ५ बुँदे सहमति भएको थियो।

डा. केसीको माग सम्बोधन गर्ने स्पष्ट पार्दै मन्त्रालयले विज्ञप्ती मार्फत राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरेका लगानीबाट अलग भएको स्वघोषणा गरेको जानकारी समेत दिएको छ।त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामा संलग्न दोषीलाई संरक्षण गर्ने नीति नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रलायले विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुुक्ती परिमार्जित मापदण्डको अनुसार नै नियुक्त गरिने र त्यसका लागि प्रकृया थालनी गरेको जनाएको छ भने नेपाको चिकित्सा शिक्षा गैर नाफमूलक बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

२०८० सालसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने र नेपाल सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले प्रतिबद्धता जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *