एकैदिन कोरोनाबाट ४२ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

 

 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४२ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पछिल्लो २४ घन्टामा ४२ जनाको निधन भएको जनाकारी दिए।

त्यसैगरी सोही अवधिमा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार १६ हजार ८३८ नुमना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा ९९३ जना नयाँ संक्रिमत थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८  छ ।

बुधबार २ हजार १०४ जना संक्रमणमुक्त भएका छन्। डा. पौडेलले संक्रमण समुदायमा फैलिरहेको बताए।

‘कोरोना संक्रमण हाम्रो समुदायमा नै फैलिरहेको छ। लक्षणहरू पनि परीक्षण नगर्ने प्रवृत्ति बढ्दो छ। जसका कारणले संक्रमित परिचाहन गर्न कठिन भएको छ। संक्रमण समुदायमा फैलिरहेको छ,’ डा. पौडेलले भने।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *