स्मार्ट लकडाउन कार्यविधि सार्वजनिक, यस्ता छन् लकडाउनका विधिहरु [विवरणसहित]

हेल्थपोस्ट नेपाल

 

काठमाडौं–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८’ सार्वजनिक गरेको छ।

कार्यविधिमा जोखिम मूल्याङकन र लकडाउनको तह निर्धारणको ढाँचा, समुदायमा कोभिड–१९ संक्रमणको अवस्था निर्धारण गर्ने सूचकहरु, लकडाउनको प्रकृति अनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र तथा क्रियाकलापहरु निर्धारण गरिएका छन्।

कार्यविधिमा कोभिड संक्रमणको अवस्था निर्धारण गर्दा एक सातामा नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमणको दर, अस्पतालहरुको व्यवस्थापन क्षमताको सूचकको रुपमा शय्या भरिएको संख्या र मृत्युदरलाई आधार बनाइएको छ।

त्यस्तै, लकडाउनलाई चार भागमा विभाजन गरिएको छः हार्ड, मिक्स, सफ्ट र मिनिमल लकडाउन।

लकडाउन गर्दा यदि संक्रमितको संख्या १५ प्रतिशतभन्दा कम भए मिनिमल लकडाउन गर्ने, १६ देखि ३० प्रतिशत भए सफ्ट, ३१ देखि ६५ प्रतिशत संक्रमित भए मिक्स र ६५ प्रतिशत माथि भए कडा लकडाउन गर्ने कार्यविधिमा उल्लेख छ।

सक्रिय संक्रमित १० प्रतिशतभन्दा माथि भए र ७० प्रतिशतले अस्पतालको शय्या ओगटेको भए रेड जोनमा राखिन्छ।

जुनै लकडाउन लागू गर्दा रक्षा, प्रतिरक्षा, शान्ति सुरक्षा र कूटनैतिक सम्बन्ध, पूर्णरुपमा सुचारु गर्ने भनिएको छ भने कडा लकडाउनमा स्वास्थ्यसेवा इर्मजेन्सी र कोभिड उपचार सेवा खुल्ने, अत्यावश्यक सेवा दिने कार्यालय मात्र संचालनमा ल्याउने, सभा सम्मेलन भर्चुअल गर्ने, आवागमनका लागि स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, उपचारका लागि हिँडेका तथा अत्यावश्यक सामग्री किन्न गएकालाई अनुमति दिने भनिएको छ।

त्यस्तै मिक्स लकडाउन लागू गर्दा दीर्घरोगीका लागि बहिरंग सेवा दिने, कर्मचारी संख्या एक तिहाइमा नबढ्ने गरी संचालन गर्न दिने, विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर प्रशासनिक कार्य चल्न दिने तर आवागमनका लागि बैंक वित्तीय संस्था, अनलाई डेलिभरी सेवा संचालन गर्न दिने निर्णय भएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *