न्युजिल्याण्डमा एक जना संक्रमित भेटिएपछि देशव्यापी लकडाउन

हेल्थपोस्ट नेपाल

 

न्युजील्याण्डमा एक जना कोरोना संक्रमित भेटिएपछि देशभर लकडाउन गरिएको छ।

६ महिनापछि उक्त देशमा कोरोना संक्रमित भेटिएपछि तीन दिनका लागि देशभर लकडाउन गरेको हो।

मंगलबार देखि लकडाउन लागू गरिएको हो।

न्यूजील्याण्डको अकल्याण्डमा कोरानाको डेल्टा भेरियन्ट देखिएको छ भने संक्रमित पुगेको कोरोम्यानडेल पेनिनस्वयलामा सात दिनका लागि लकडाउन घोषणा गरिएको छ।

बुधबार जाँच गर्दा कारोना संक्रमतिको संख्या बढेर ७ पुगेको छ। जसमा न्युजील्याण्कै ठूलो अस्पतालमा कार्यरत नर्स पनि रहेकी छिन्।

जीनोमिक परीक्षण गर्दा यो केस अष्ट्रेलियाको साउथवेल्ससँग सम्बन्धित भएको प्रधानमन्त्री जेसिन्डा आर्डनले बताइन्।

संक्रमति व्यक्ति कसरी कोरोना पोजिटिभ आयो भन्नेकुरा यकिन भने भएको छैन। उनी अष्ट्रेलिया पुगेको कुनै हिस्ट्री छैन भने क्वारेन्टिनमा बसेका कसैलाई भेट्न पनि गएका छैनन्।

झन्डै दुई वर्षअघि सुरू भएको कोरोना महामारीको नियन्त्रणमा न्युजिल्यान्डलाई सफल मुलुक मानिन्छ। त्यहाँ अहिलेसम्म २ हजार पाँच सय मानिसमात्र संक्रमित भएका छन् भने २६ जनाले ज्यान गुमाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *