डा. ऋषि राम कोइरालाको हृदयघातबाट निधन

हेल्थपोस्ट नेपाल

 

नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा. ऋषि राम कोइरालाको हृदयघातबाट निधन भएको भएको छ।

ह्याम्स  अस्पतालमा उपचारत आयुर्वेद विशेषज्ञ डा. कोइरालाको  मंगलबार दिउँसाे निधन भएको नेपाल आयुर्वेद चिकित्सक संघ अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी दिए।

डा. कोइरालाको ६५ बर्षको उमेरमा निधन भएको हो।

‘उहाँलाई पाँच दिन अगाडी हृदयघात भएको थियो। भेन्टिलेटरमा उपचार भइरहेको थियो। आज दिउँसाे उपचारको क्रममा निधन भएको भयो,’ ज्ञवालीले भने।

सरकारी सेवामा रहँदा उनले आयुर्वेदका विभिन्न संस्थामा काम गरेको थिए।  सरकारी सेवाबाट निवृत्त भएपछि डा. कोइरालाले आयुर्वेद हेल्थ होम सञ्चालन गरेका थिए।

‘नेपालको आयुर्वेद क्षेत्रको उहाँ तारा नै हो। आयुर्वेदको अहिलेको संरचना बनाउनका लागि मुख्य भुमिका उहाँलाई जान्छ,’ डा. ज्ञवालीले भने,’ आयुर्वेद क्षेत्रको विकासका लागि कटिबद्ध व्यक्तित्व हो।’

डा. कोइराला नेपाल आयुर्वेद मेडिकल काउन्सिलको पहिलो रजिष्ट्रार हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *