आइओएमको अनुसन्धान विभाग प्रमुखमा डा. मोहनराज शर्मालाई जिम्मेवारी

हेल्थपोस्ट नेपाल

 

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को अनुसन्धान विभाग प्रमुखमा डा. मोहनराज शर्मालाई जिम्मेवारी दिइएको छ।

आइओएमको डीनको सिफारिसमा डा. शर्मालाई जिम्मेवारी दिइएको हो। उनीले मंगलबार नै जिम्मेवारी सम्हालेका हुन्।

डा शर्मा यसभन्दा अगाडी त्रिवि शिक्षण अस्पतालमा न्यूरो सर्जनका रुपमा कार्यरत थिए।

नवनियुक्त अनुसन्धान निर्देशक डा. शर्माले जिम्मेवारी पाएसँगै अनुसन्धानको कामलाई अगाडि बढ्न लागिपर्ने बताएका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *