कोरोना नियन्त्रणमा चुक्दा स्वास्थ्यमन्त्रीको पद चैट
श्रीलङ्काका राष्ट्रपतिले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्री पबित्रा वन्नियाराची लाई जिम्मेवारीबाट हटाएका छन्।
श्रीलङ्कामा कोरोनाबाट सङ्क्रमित तथा मृत्यु हुने संख्या उच्च भएको भन्दै स्वास्थ्यमन्त्रीलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले हटाएको हुन्।
यद्यपि उनलाई मन्त्रीपरिषद्मा राखिएको छ । तर यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति गोटाबायाको कार्यालयले सोमबार पबित्रा वन्नियाराचीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री केहेलिया राम्बुक्वेल्लालाई दिइएको जनाएको छ । उनी सरकारका प्रवक्ता समेत हुन् ।
वन्नियाराची गत जनवरी महिनामा सङ्क्रमित भई सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएकी थिइन। स्वास्थ्यमन्त्रीको जिम्मेवारीमै रहँदा उनले दैविक स्वप्न आएको आधारमा पवित्र जलले भरिएको गाग्री नदीमा खन्याउँदै महामारी अन्त्य हुने बताएकी थिइन।
श्रीलङ्काको कुल जनसंख्या दुई करोड १० लाख छ ।
गत साता श्रीलङ्कामा कोभिड १९ बाट दैनिक १५० जनाले ज्यान गुमाएका थिए ।