उडिरहेको विमानबाट मानिस खसेपछि…

हेल्थपोस्ट नेपाल

 

तालिबानले सत्ता हातमा नियन्त्रणमा लिएपछि पूरै अफगानिस्तानभर त्रासदी छाएको छ। मानिसहरु देश छाडेर बाहिर जाने प्रयास गरिरहेका छन्, जसका लागि काबुल एयरपोर्टमा ठूलो भीड जम्मा भएको छ।

सोहीक्रममा अमेरिकी सेनाको उद्धार फ्लाइट उड्न लाग्दा ठूलो संख्यामा भीड विमान वरपर जम्मा भयो। मानिसहरु विमानका पांग्रामा पनि झुण्डिए। तर विमान आकाशमा उड्ने क्रममा विमानमा झुण्डिएका २ जनाको खसेर निधन भयो।

सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गर्न थाले तालिबान
यसैबीच, काबुलस्थित टोलो न्यूजको कम्पाउण्डमा तालिबान प्रवेश गरेका छन्। उनीहरुले त्यहाँ रहेका सुरक्षाकर्मीको हतियार आफूसँग लगेका छन्। उनीहरुलाई उक्त हतियार सरकारका तर्फबाट उपलब्ध गराइएको थियो। तर कार्यालय सुरक्षित रहने र केही नगर्ने आश्वासन उनीहरुले दिएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *