नेपालमा पुनः पुगे ४० हजार सक्रिय संक्रमित, सोमबार ३५ जनाको निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ नमुना परीक्षामा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा देशभर २ हजार ४५८ जना संक्रमित निको भई डिस्चार्ज छन्। यो सँगै नेपालमा संक्रमित निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ।

मन्त्रालयको तथ्यांक अनुसार सोमबार ३५ जनाको संक्रमणबाट निधन भएको छ।

आज देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३६ हजार ३६ होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ३ हजार ३३५ छन्।

मन्त्रालयको अनुसार सोमबार १९७ भेन्टिलेटरमा सहित ७९५ जना आइसियुमा उपचार भईरहेको छ।

देशभर ४०२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *