के कोरोना खाेपले गर्भपतन गराउँछ ?

हेल्थपोस्ट नेपाल

 

‘कोभिड –१९ खोपले प्रजनन् क्षमतामा असर पार्छ र गर्भपतन गराउँछ।’ यस्ता झुटा दाबी सबै प्रमाणहरू बावजुद अझै पनि सञ्चार माध्यममा नकारात्मक सन्देश फैलिरहेको छ।

पहिला अध्ययन–अनुसन्धान नभएको बेला गर्भावस्थामा कुनै पनि खोप दिने विषयमा डाक्टरहरू सचेत थिए। जसका कारण गर्भवती महिलालाई कोरोना खोप दिन बेवास्ता गरिएको थियो।

तर, अब यो सल्लाह परिवर्वत हुन पुगेको छ। अध्ययन–अनुसन्धानबाट गर्भावस्थामा खोप दिँदा कोरोनाको जोखिमबाट बच्च सकिने निष्र्कषमा विज्ञहरू पुगेका छन्।

सबै प्रमाणका बाबजुत पनि कोभिड–१९ भ्याक्सिनको खोपले प्रजनन् क्षमतामा असर पार्छ भन्ने जस्ता विभिन्न गलत प्रचार सञ्चारमाध्यममा फैलिइरहेका छन्।

गर्भावस्थाका बेला कुनै पनि सल्लाह सुझाव दिनुपहिले डाक्टरहरु सावधान रहन्छन्। पहिले गर्भवती महिलाहरुलाई कोरोना भ्यासिनका दिइनु जोखिम हुने बताइएको थियो तर, अब त्यो तथ्य गलत सावित भइसकेको छ। गर्भवती महिलाले पनि चिकित्सकको सल्लाहमा भ्याक्सिन लगाउन सक्छन्।

बिबिसीकाअनुसार जापानमा भएको एक अध्ययनलाई गलत ढ‌ंगले प्रचार गर्दै खोप महिलाको अण्डाशयमा जम्मा हुने अफवाह फैलाइएको थियो। उक्त अनुसन्धानमा मुसालाई मानिसमा दिइने भन्दा अधिक मात्रा (१ हजार ३३३ गुणा बढी)  दिइएको थियो। त्यसैले इनजेक्सन दिएको ४८ घण्टापछि ०.१ प्रतिशत मात्रा मुसाको अण्डासयमा भेटिएको थियो। यसैलाई लिएर खोपबारे अफवाह फैलाइएको थियो।

वास्तवमा मानिसहरुले जुन झूटा दाबी फैलाइरहेका छन्, वास्तवमा त्यो यही बोसोको बारेमा हो । जुन अण्डाशयमा पाइन्छ । खोप लगाएको ४८ घण्टापछि मात्रै अण्डाशयमा बोसोको मात्रा बढ्ने गर्छ । किनकि खोपको इन्जेक्सन दिने ठाउँबाट ४८ घण्टापछि मात्रै यो पूरै शरीरमा पुग्छ । तर अझै पनि हामीले महत्वपूर्ण प्रमाण भेटेका छैनौं कि यसमा भाइरसको आनुवंशिक सामग्री समेत राखिएको हुन्छ ।

खोपले गर्भपतन गराउँछ ?

कोरोना भ्याक्सिनमा बोसो को प्रयोग गरी बनाइएको हुन्छ जसमा भाइरसका आनुवंशिक पदार्थ रहेको हुन्छ। जसले मानिसमा रहेको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइदिन्छ। त्यही बोसो जुन भ्याक्सिनपछि अण्डासयमा पाइएको थियो त्यसलाई लिएर आममानिसमा अफवाह फैलाइएको छ।

सामाजिक सञ्जालमा भ्याक्सिनले गर्भपात गराउने हल्ला पनि व्यापक फैलाइएको छ। भ्याक्सिन मोनिटरिङमा भ्याक्सिन लगायकै कारण केही महिलामा गर्भपात भएको बताइएको थियो तर, यो दूर्भाग्यपूर्ण भएको र खोपका कारण उनीहरुको गर्भपात नभएको स्वास्थ्य विज्ञले बताएका छन्। एक अनुसन्धानले पनि खोप लगाएपछि भएका गर्भपात यसअघि हुने गरेकै अनुपातमा भएको देखाएको थियो।

वास्तवमा सेन्सिटिन १ र कोरोना भाइरसको स्पाइक प्रोटिन अरु जस्तै प्रोटिन हो । यदि शरीरमा यो त्यति सहज ढंगले रहन सक्यो भने यसले शरीरमा एन्टिबडी बनाउँछ । तर अहिले ती सबै प्रमाणहरुले यो तथ्यलाई गलत सावित गरिसकेको छ ।

अमेरिकी प्रजनन सम्बन्धी चिकित्सक र्यान्डी मोरिस आफैं यी दाबीमाथि छानबिन गर्न चाहन्थे । त्यसैले उनले आईबीएफ उपचारको लागि आउने बिरामी माथि निगरानी सुरु गरे । उनीहरु यो जान्न चाहन्थे कि के गर्भावस्थाको लागि खोपले असर गर्छ त ?

डा. मोरिसले खोप लगाइसकेको, खोप नलगाएको र पहिले नै कोरोना भइसकेको १४३ महिलामाथि  शोध गरे । नतिजामा उनीहरुको गर्भावस्था सफलतापूर्वक सम्पन्न भएको पाइएको थियो । यो अनुसन्धान सानो आकारको थियो, तर यसले ठूलो प्रमाणको काम गरेको पाइन्छ ।

बिबिसी

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *