निजामती अस्पतालमा कर्मचारी र परिवारको उपचारका लागि तोकियो समय
निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारी र परिवारका सदस्यहरूको औषधोपचारका लागि समय तोकिएको छ ।
अस्पताल एक सूचना जारी गर्दै बिहान ९ देखि ११ बजेसम्म बहिरङ्ग (ओपिडी) को समय निर्धारण गरिएको हो ।
उक्त सेवाका लागि अस्पतालको टिकट काउन्टर ४, ५ र ६ तथा ल्याब स्याम्पल कलेक्सनका लागि कोठा नं १०१ तोकिएको अस्पतालले जनाएको छ।