नारायणी अस्पतालले माग्यो कर्मचारी, कुन पदमा कति ?

हेल्थपोस्ट नेपाल

 

Attractive female doctor in front of medical group

नारायणी अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १७ जनाको लागि कर्मचारीको माग गरेको हो।

अस्पतालको अनुसार कन्सल्टेन्ट साइकोइट्रिष्ट , कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट , कन्सल्टेन्ट युरो सर्जन, कन्सल्टेन्ट न्युरोलोजिष्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट एक–एक जनाको माग गरेको छ।

त्यसैगरी स्टाफ नर्स ८ जना, अनमी १ र अहेब ३ जनाका लागि खुल्ला आह्वान गरेको छ।

अस्पतालले भदौ २१ सम्म दरखास्त दिन सकिने जनाएको छ।  सेवा–सुविधा सरकारको नियमानुसार हुनेछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *