नारायणी अस्पतालमा अख्तियारको छापा

हेल्थपोस्ट नेपाल

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगंजको नारायणी अस्पतालमा छापमा हानेको छ।

औषधि खरिदमा अनियमितताको उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको जनाएकाे छ।

औषधि खरिदलगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियारको होटौंडा कार्यालयका प्रवक्ता विष्णुप्रसाद सापकोटाले जानकारी दिए।

‘औषधि खरिदमा अनियमितता भएको उजुरीको आधारमा छापा हानेका हौं,’ सापकोटाले हेल्थपोस्ट भने,‘हामी अहिले फिल्डमै छौं। औषधि खरिदको स्टक चाँज भइरहेको छ। औषधि खरिद सम्बन्धी कागजात हेरिरहेका छौं।’

औषधि खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिएर थप अनुसन्धान हुने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *