स्वास्थ्य व्यवसायीको लाइसेन्स कहिले हुन्छ? यस्तो छ परिषद्को तयारी

हेल्थपोस्ट नेपाल

 

नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ हुने भएको छ।

परिषद्ले एक सूचना जारी गर्दै भदौ २१ र २२ गर्ने मिति तोकेको हो। जसका लागि परीक्षा केन्द्र समेत तोकिएको छ।

परिषद्ले यस अघि स्नातकोत्तर, स्नातक र प्रमाण पत्र तहको परीक्षा असार १९ मा परीक्षा लिने योजना बनाएको थियो। तर, कोभिड महामारीको कारण परीक्षार्थी काठमाडौं आउन नसक्ने देखिएपछि परिषदले तत्कालका लागि परीक्षा स्थगित गरेको थियो।

परिषद्का रजिष्ट्रार पुष्पराज खनालका परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने छ। परीक्षा कम्युटरको माध्यमबाट हुने परिषद्ले जनाएको छ।

परिषद्ले विभिन्न २२ विषयको लाइसेन्स परीक्षा लिने बताएको छ ।

दर्ता प्रक्रियाका लागि परिषद्ले पहिलो पटक परीक्षा लिन लागेको हो। यो भन्दा अघि स्वास्थ्य व्यवसायीहरुले सजिलै दर्ता गर्न पाउँथे।

परीक्षा नै नलिई दर्ता गर्दा स्वास्थ्य सेवामा गुणस्तर खस्किएको भन्दै स्वास्थ्य व्यवसायीहरुले पटक–पटक आन्दोलन गर्दै आएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *