काठमाडौं महानगरपालिका अपिल घरबाट फोहोर ननिकाल्नुहोस्

हेल्थपोस्ट नेपाल

 

फाइल फोटो

काठमाडौं  महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ ।

उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न महानगरपालिले एक सुचना जारी गर्दै अनुरोध गरेको छ।

‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं, ’ सुचनामा भनिएको छ, ‘ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउनेछ।’

काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका(२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ। तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ–कुनामा फोहोर थुप्रिन सुरू भइसकेको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *