वीरमा कोरोनाका लागि थप ९ आइसियू र ४२ एचडियू सञ्चालनमा

हेल्थपोस्ट नेपाल

 

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) सर्जिकल ब्लकमा थप ९ वटा आइसियू र ४२ एचडियू सञ्चालनमा आएको छ।

कोभिड उपचारका लागि ९ आइसियू र ९७ जनरल बेड सञ्चालनमा रहेको अस्पतालमा आइतबार थप आइसियू र एचडियू सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

डा. बस्नेतका अनुसार आइसियू र एचडियू सञ्चालनका लागि किनिएका मोनिटर उपलब्ध भौतिक पूर्वाधारमैत्री नहुँदा थप बेड संचालनमा समय लागेको हो। संरचनाअनुसार ट्रली मोनिटर हुनुपर्ने हो।

अस्पतालले केही समयअघि किनेको १ सय ५० वटा मोनिटर भित्तामा टसाउनुपर्ने (वालमाउन्ट) छन् । तर, नवनिर्मित सर्जिकल भवनको पूर्वाधार त्यसका लागि उपयुक्त छैन्।

आइसकेका मोनिटर जसरी पनि प्रयोग गरौं भन्ने सोचका साथ अस्पतालले मोनिटरका लागि नयाँ स्ट्याण्ड बनाउँदै मोनिटर फिट गर्ने काम भइरहेको छ।

यसअघि मुल भवन पछाडि तर्फको जाइका भवनमा २० र पुरानो भवनमा ७ आइसियु छन् । जाइका भवनमा १८ बेड कोभिड जनरल बेड छ।

डा. बस्नेतका अनुसार केही साताभित्रै कोभिड आइसियूका लागि मात्रै सय बेड संचालनमा ल्याइनेछ।

पिसिआर परीक्षण २४सैं घण्टा

डा. बस्नेतले कोभिडको परीक्षणदेखि उपचारलगायतका सम्पूर्ण सेवा नयाँ सर्जिकल भवनमा केन्द्रीत गरेर संचालन तयारी भइरहेकोसमेत जानकारी दिए। पहिलो तलमा कोभिड पिसिआर प्रयोगशाल र फिवर क्लिनिक सञ्चालनको तयारी अन्तिम चरणमा छन् ।

यसअघि वीरमा ९ बजेदेखि ५ बजेसम्म मात्रै पिसिआर प्रयोगशाला चल्छ। इर्मजेन्सी र अन्य उपचार आवश्यक पर्ने बिरामीका लागि एन्टिजेनसहित २४सैं घण्टा पिसिआर प्रयोगशाल सञ्चालन गरिनेछ । पिसिआर प्रयोगशाला नयाँ भवनमा सुरु गरेसँगै अन्य सेवा रहेको भवनको परिसरमा भीडभाड कम भएर जोखिम पनि घट्ने दावी डा. बस्नेतले गरे।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *