डा. रिजालको राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा, निर्देशक बनाउने तयारी

हेल्थपोस्ट नेपाल

ओली सरकारले कर्नरमा पारेका हाडजोर्नी विशेषज्ञ डा. बद्रि रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा गरिएको छ ।

स्वास्थ्य समायोजनका समयमा डढेल्धुरामा समायोजन गरेर पेलानमा परेका डा. रिजालललाई सेन्टरमा दरवन्दीमा ल्याइएको छ।

स्रोतका अनुसार उनलाई निर्देशककै जिम्मेवारी दिनेगरी मन्त्रालयमा तयारी थालिएको छ।

नेपाल चिकित्सक संघको महासचिवसमेत रहेका डा. रिजालकाे दशौं तहमा ५ वर्ष पुगिसकेको छ।

संघमा निर्वाचनसमेत जितिसक्दा पनि तत्कालिन सरकारले उनलाई काठमाडौं ल्याउन आनाकानी गरेको थियो।

संघको दबाबमा उनलाई कान्ति अस्पतालमा करारमा राखिएको थियो।

आइतबार दरवन्दीमा ट्रमा ल्याइएको छ, थप निर्णय केही दिनभित्र हुन्छ, मन्त्रालय स्रोतले भन्यो।

यसैगरी, स्वास्थ्य शिक्षा समूहका ११औं तहका महेश्वर श्रेष्ठलाई समेत मन्त्रालयमा तानिएको छ यसअघि उनको दरवन्दी प्रदेशमा थियो ।

ट्रमा हाल डा. सन्तोष पौडेल निर्देशक छन्।

ओली सरकारका पालामा नियुक्त भएपछि डा. पौडेलको सम्बन्ध एमाले नेता माधव नेपालसँग समेत भएका कारण तत्काल निर्णयमा पुगिहाल्न स्वास्थ्य नेतृत्वले अप्ठ्यारो मानिरहेको छ।

त्यसकारण थप जिम्मेवार र निर्णयमा केही समय लाग्ने स्रोतले बतायो।

नेपाल पब्लिक हेल्थ संघका महासचिव समेत रहेका श्रेष्ठलाई मन्त्रालय वा विभागको महत्वपूर्ण जिम्मेवारी दिने तयारी भइरहेको छ।

त्यस्तै स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला श्रेष्ठलाई ल्याइएको छ ।

उनको ठाउँ वीर अस्पतालमा महाशाखा प्रमुख रहेकी रोशनीदेवी तुईतुईलाई पठाएर श्रेष्ठलाई नर्सिङ महाशाखाको जिम्मेवारी दिईएको हो।

यसअघि मन्त्रालय स्रोतलाई उधृत गरेर प्रकाशित समाचारमा डा.रिजाललाई ट्मा सेन्टरको निर्देशकको जिम्मेवारी दिइसकिएको भन्ने विवरण पर्न गएकोमा थप पुष्टी हुन नसकेको कारण सच्याइएको छ।
सम्पादक



Leave a Reply

Your email address will not be published. Required fields are marked *