चिकित्सा आयोगका उपाध्यक्षलाई भेटेर विद्यार्थीले भने– पुनः प्रवेश परीक्षा गर्ने वातावरण बनाइदिनुहोस्

हेल्थपोस्ट नेपाल

 

 

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा सिट संख्याभन्दा कम उत्तीर्ण भएको भन्दै पारामेडिकल विद्यार्थीले पुनः प्रवेश परीक्षा गर्न माग गरेका छन्।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले तत्काल पुनः प्रवेश परीक्षा वा प्रवेश परीक्षाको उत्तीर्ण प्राप्तांककको प्रतिशत घटाई पुनः नतिजा प्रकाशित गरी रिक्त सिट संख्या भर्ना गर्न माग गरेका हुन्।

‘पारामेडिकल विषयमा देशभरका क्याम्पसमा निर्धारित सिट संख्या भन्दा कम विद्यार्थी उतिर्ण भएका छन्। नेपालको स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा गम्भीर असर पर्ने हुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ,‘ तत्काल अर्को परीक्षा वा प्रवेश परीक्षाको उर्तिण प्राप्ताकं प्रतिशत घटाई पुन नतीजा प्रकाशित गरि रिक्त संख्यामा भर्ना गर्नुहुन अनुरोध गर्दछौं।’

स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा असर पर्न सक्ने भन्दै पुनः प्रवेश परीक्षा गर्न माग गरिएको आन्दोलनका संयोजक रंगमान मल्लले बताए।

प्रवेश परीक्षाको प्लस टु साइन्स र डिप्लोमा प्रमाणपत्र तहका विद्यार्थीलाई प्राथमिकतामा राखी पाठ्यक्रमलाई ५०र५० प्रतिशतका आधारमा बनाइदिनुपर्ने उनी बताउँछन्।

नेपाल रेडियोलोजीकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा, फार्मेसी तर्फबाट सुस्मा बस्नेत, ल्याब टेक्निसियनबाट अनुसा महर्जन लगायतले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।

 



Leave a Reply

Your email address will not be published.