कोरोना संक्रमणका कारण ३३ को मृत्यु, २२१२ नयाँ संक्रमित

हेल्थपोस्ट नेपाल


कोरोना संक्रमणका कारण २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार कोरोना संक्रमणबाट हालसम्म देशभर १० हजार २९२ जनाको मृत्यु भएको छ।

त्यस्तै, १२ हजार १०६ जनामा परीक्षण गर्दा २२१२ जना नयाँ संक्रमित थपिएका छन्।

१७९३ जनामा पिसिआर विधिबाट र ४१९ जनामा एन्टीजेन परीक्षण गर्दा २२१२ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा कोरोना संक्रमणबाट निको हुने १८६७ जना रहेका छन्।

देशभर संघन उपचार कक्ष (आईसियु)मा ७५८ र भेन्टिलेटरमा १९३ जना उपचाररत छन्।

त्यस्तै, होम आईसोलेसनमा ३५ हजार १८ जना, संस्थागत आइसोलेशनमा ४२८० र क्वारेन्टिनमा ४१९ जना रहेका छन्।

उपत्यकाभित्र काठमाडौंमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ नयाँ संक्रमित थपिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *