समयमै उपचारमा आउन थाले कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल


कोरोना महामारीको दोस्रो लहरमा आफन्त तथा चिने–जानेकाको मृत्युको खबर, आफ्नै कोरोनाको कष्टकर भोगाई तथा गम्भीर विरामी तथा अस्पतालमा शैयाको अभाव र चापको समाचारका कारण मानिस सचेत हुन थालेका छन्।

विगतमा सरकारले नागरिकको सुरक्षाका लागि अपनाएको निषेधाज्ञा, जनस्वास्थ्य मापदण्डलाई अटेर गर्ने, हाल आफै सुरक्षित हुन थालेका छन्।

सुरक्षित भइकन पनि संक्रमित भएर बेलैमा परीक्षण गर्ने, अस्पतालमा उपचार सेवा लिन आउनेको संख्या पनि बढ्दै जान थालेको छ।
बाँके स्थित भेरी अस्पतालमा हाल कोरोना संक्रमित बढ्दै जान थालेका छन्।

तर पछिल्लो समयमा अस्पतालको शैया तथा अक्सिजनको अभाव भएर भर्ना हुन आउने विरामीहरुको संख्या कम रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए।

‘विगतको महामारीको अवस्थाबारे सचेत भएर होला मानिसहरु अहिले बेलैमा अस्पताल भर्ना हुन आउने गरेका छन्,’ डा. थापाले भने।
बाँकेका स्थानीयहरु हल्का लक्षण तथा केही समस्या हुने बित्तिकै अस्पतालमा आउन थालेका छन्।

सामान्य तथा मध्यम लक्षण देखिएको र अक्सिजनको लेभल अलिकति कम हुने बित्तिकै अस्पतालमा आउँदा उपचार गर्न सहज भएको तथा बिरामीको अवस्था पनि गम्भीर हुन नपाएको थापा बताउँछन्।

हाल अस्पतालमा ५० जना कोरोना संक्रमित रहेका छन् भने ६ जना भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना संक्रमण भएका र निको भएर घर जानेको संख्या उस्तै रहेको उनले बताए।

दोस्रो लहरमा जस्तै मानिसहरु शैया तथा आईसियुमा भर्ना हुन नपाई फर्कनु पर्ने अवस्था अब नहुने डा. थापा बताउँछन्।

पहिलो अक्सिजन, आईसियु तथा अस्पतालमा शैयाको अभावका कारण विरामीहरुलाई र्फिता पठाउन बाध्य थियौं। तर अब हामीसँग प्रयाप्त मात्रामा अक्सिजन छ।

लिक्विड अक्सिजन भारतबाट आपूर्ति भइरहेको छ भने अस्पतालले आफ्नै अक्जिन प्लान्ट तयार गर्न लागेको छ, उनले भने।

यो संगै अस्पतालले आवश्यक परेको खण्डमा आईसियु बेड बढाउन सक्ने जानकारी दिए।

त्यस्तै, ललितपुर स्थित पाटन अस्पतामा पनि धेरै अक्सिजन चाहिने विरामीहरु कमै आउन थालेका छन्।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार मानिसमा जनचेतनाका करण सममै उपचार गर्न आउने विरामीको संख्या बढ्न थालेको छ।

दोस्रो लहरमा एउटै विरामीलाई १० लिटर भन्दा बढि अक्सिजन आवश्यक थियो भने हाल ४/५ लिटर मात्र आवश्यक हुने विरामीहरु उपचारमा रहेको उनी बताउँछन्।

तर अस्पतालमा बिरामीको संख्या भने बढ्न थालेको छ।

३०० शैया कोरोना संक्रमितलाई राखेकोमा २५० शैया भरिसकेको छ।

माग अनुसार शैयाको संख्या घटाउन तथा बढाउन सकिन्छ।

दोस्रो लहरमा जस्तै अक्सिजनको व्यवस्थापनमा कमी भए खरिद तथा आपूर्तिका लागि पहल गरिएको छ भने, अस्पतामा पनि अक्सिजन प्लान्ट निमार्ण गर्न लागिएको छ।

अस्पतालले हाल २५० सिलिण्डर अक्सिजन आपूर्ति गर्दै आएको छ।

उनले तेस्रो लहरमा अक्जिनको अभाव नहुने बताए।

‘पहिले मानिसहरुले घरघरमा अक्सिजन सिलिण्डर लुकाएर राख्ने, भण्डारन गर्ने, कालो बजारीका लागि अभाव सृजना गरेकै कारण अक्सिजनमा हाहाकार भएको हो। तर यस वर्ष अक्सिजनकै अभावका कारण मानिसले मृत्यु वरन गर्नुपर्ने छैन।’ उनले भने।
तर त्रि वि शिक्षण अस्पताल, महाराजगञ्जको हालत भने केही फरक छ।

अहिले नै अस्पतालको आईसियु भरिसकेको छ भने १४० कोरोनाका विरामी भर्ना भएका छन्। आस्पतालको हाई डिपेन्डेन्सि युनिट (एचडियु) पनि करिब भरिनै सकेको छ।

दोस्रो लहरपछि शुन्यमा झरेको अस्पतालमा मृत्युदर पुन बढेर दैनिक दुई देखि तीन जनाको मृत्यु हुन थालेको छ।
अस्पतालले ४०० देखि ५०० सम्मका विरामीलाई उपचार सेवा दिन सक्छ। यो संगै अस्पतालमा हाल सहजै अक्सिजन आपूर्ति गर्न सकिन्छ।

तेस्रो लहरमा जुनसुैकै समस्या भए पनि अक्सिजनको अभाव नहुने उनी बताउँन्।

‘हामी तेस्रो लहरका लागि तयारी अवस्थामै छैं। हामीले सकेसम्म विरामीलाई उपचार सेवा दिन्छौं भने एचडियु र आईसियुको सेवा आवश्यक भए थप गर्छाैं,’ अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले भने।

मानिसमा आएको चेतनासँगसँगै कोरोना विरुद्धको खोपका कारण पनि अक्सिजन धेरै चाहिने बिरामीको संख्या कम हुन थालेको बताउँछन् अधिकारी।

भेरी अस्पतालमा एकदुई जना बाहेक खोप लगाउने विरामीलाई कोरोना संक्रमणका कारण अस्पताल भर्ना नगरिएको डा. थापाले बताए।

उनले खोप लगाउने भन्दा नलगाउने समूह मध्य तथा गम्भीर अवस्थामा अस्पताल आउने गरेको बताए।

खोप लगाएका व्यक्तिहरु कोही पनि गम्भीरु नभएको बताउँदै सकेसम्म सबैलाई खोप लगाइदिन सके अस्पतालमा भर्ना हुन आउनेको संख्या कमै हुने थियो।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *