अंग प्रत्यारोपण गरेका बिरामीलाई कोरोना खोपको तेस्रो डोजले दिन्छ राहत

हेल्थपोस्ट नेपाल

कोरोना खोपको तेस्रो डोजले अंग प्रत्यारोपण गरेका विरामी तथा प्रतिरोधी क्षमता कमजोर बनाउने औषधि खाइरहेका व्यक्तिलाई प्रोटिन विकास गर्न मद्धत गर्ने एक अध्ययनले देखाएको छ।

द न्यूइंगल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार प्रत्यारोपण गरेका बिरामीलाई प्रतिरोधी क्षमता विकास गर्न कोरोना खोपको दुई डोजले मात्र पुग्दैन। तर तेस्रो डोज लगाउनेहरुमा भने प्रतिकृया राम्रो देखिएको छ।

प्रत्यारोपण गरेको नयाँ अंगलाई शरीरले प्रतिकार नगरोस भनेर प्रतिरोधी क्षमता दबाउने औषधि दिइन्छ। त्यसै कारण अन्य मानिसहरु भन्दा यस्ता विरामीहरुलाई कोरोना संक्रमण भए झनै गम्भीर बनाउन सक्दछ।

अध्ययनका अनुसार मोर्डना खोपको तेस्रो डोज दिएका ६० प्रतिशत विरामीहरुमा एन्टिबडी विकास भएको पाइएको छ, जसले भाइरसलाई तटस्थ पार्न सक्दछ। उनीहरुमा दोस्रो डोज लगाएको दुई महिनापछि तेस्रो डोज खोप लगाइएको थियो।

बुस्टर डोज खोप अंग प्रत्यारोपण गरेका विरामीहरुलाई लगाउनु सार्थक रहेको युनिभर्सिटी हेल्थ नेटवर्क, टोरन्टोका चिकित्सक अतुल हुमारले बताए।

गत बिहीबार अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले फाइजर र मोर्डनाको खोपलाई यस्ता विरामीहरुमा लगाउन स्वीकृत दिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *