शनिबार ४० हजारको नजिक पुगे सक्रिय संक्रमित, २० जनाको निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घन्टामा थप देशभर २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथ्यांक अनुसार विभिन्न प्रयोगशालामा १३ हजार ५७३ नमुना परीक्षण गर्दा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन्। यो सँगै निको हुने संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ।

शनिबार देशभर ३९ हजार ४०५ सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांक अनुसार आज (शनिबार) कोरोना संक्रमणबाट २० जनाको निधन भएको छ। हालसम्म नेपालमा संक्रमणबाट १० हजार २५९ ले ज्यान गुमाइसकेका छन्।

शुक्रबार ३६ हजार ०२ जना होमआइसोलेसन तथा ३ हजार ४०३ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

जसमध्ये १८६ भेन्टिलेटरमा सहित ७६० को आइसियूमा उपचार भइरहेको छ।

हालसम्म ४६ लाख ७४ हजार ३१८ कोरोना विरुद्धको पहिलो डोज र ३३ लाख ३ हजार ५७८ पूर्ण खोप लगाएका छन्।

शनिबार ४११ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *