वीपीका निर्देशक डा. गौरीशंकर शाहले मागे भिसी, रेक्टर र रजिष्ट्रारको राजीनामा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले उपकुलपति, रेक्टर र रजिष्ट्रारको राजिनामा मागेका छन्।
शाहले एक विज्ञप्ति निकाल्दै आफ्ना लागि प्रतिष्ठानको पदाधिकारीको पद अस्थायी र प्राध्यापक पद स्थायी भएको उल्लेख गर्दै ‘प्रतिष्ठानलाई अनिर्णय बन्दी बनाउने र प्रतिष्ठानको आचारसंहिताविपरीत गोपनियता भंगगरी एकले अर्कालाई हानी गर्ने चाहे पूर्ण उपकुलपतिका रुपमा वा कार्य वाहक उपकुलपति, रजिष्ट्रारको रूपमा असीमित अधिकार प्रयोग विवादस्पद निर्णय गरेर प्रतिष्ठानको वदनाम गर्ने आफू भन्दा माथिल्लो तहका तीनजना पदाधिकारीले तत्काल् राजीनामा दिई प्रतिष्ठानलाई निकाश दिनुपर्ने’मा जोड दिएका छन्।
उनले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरू खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आफूले पनि पद छोड्न तयार रहेको बताएका छन्।
उनले प्रतिष्ठानमा नयाँ सोच र प्रतिष्ठानको शाख पुरानै अवस्थामा फर्काउन सकिने दाबी गरेका छन्।
‘पदाधिकारी पदभन्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापक पदलाई आफ्नो जीवनको उपलब्धी मान्ने, प्रतिष्ठानलाई हालको अवस्थाबाट मुक्त नगरे प्रतिष्ठान सधैंका लागि बन्द हुने अवस्थामा पुग्न सक्ने र यसै प्रतिष्ठान आफ्नो पेशागत जीवन अर्पण गर्ने मेरो आत्मबोधले हालको अवस्था सिर्जना गर्न जिम्मेवार म भन्दा बरिष्ठ तीन जना पदाधिकारी राजिनामासँगै प्रतिष्ठान नयाँ नेतृत्व स्थापित गरी सरकारलाई सहयोग गर्दिनुहोला,’ विज्ञप्तिमा उल्लेख छ।’
उनले प्रतिष्ठानलाई हालको अवस्थाबाट मुक्त नगरे प्रतिष्ठान सधैका लागि बन्द हुने चेतावनीसमेत दिएका छन्।