५ महिनाको अन्तरालपछि लगाएकाे कोभिसिल्ड खोपको दोस्रो मात्राले काम गर्छ कि गर्दैन?

हेल्थपोस्ट नेपाल

 

गर्छ। कोभिसिल्ड वा एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल २ देखि ३ महिना हुन्छ भनिएता पनि अहिले ५ महिनापछि दोस्रो मात्रा दिन थालिएको छ।

यस बीचमा भएका अध्ययनहरूले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएका छन्।

त्यसैले यो लामो अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि खोपले काम गर्छ। याद गरौं, कोभिसिल्ड वा एस्ट्राजेनिका एकै प्रकृतिका खोप हुन्। त्यसैले कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरूले ढुक्क भएर एस्ट्राजेनिका खोप लगाऔं।

आफ्नो पालो आएपछि खोप लगाऔं र सुरक्षित रहौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *