राजधानीबाट गाउँमा सरुवा मागेकी नर्सिङ इन्ट्रान्स टपर संगीता भन्छिन् – दुर्गमबासीको सेवामा रमाउन मन छ

हेल्थपोस्ट नेपाल

 

भनिन्छ नि, हुने विरुवाको चिल्लो पात।

त्यही बिरुवा हुन् संगीता काफ्ले।

चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको प्रवेश परीक्षामा नर्सिङ विधातर्फ उत्कृष्ट बनेकी हुन् उनी।

१३ सय ८० जनामध्ये पहिलो नम्बरमा नाम निस्कियो स्याङजा अर्जुनपोखरी–३ की भोजकुमारी शर्माको । उनले २ सय पुर्णांकमा १ सय ५६ नम्बर ल्याइन् ।

सानैदेखि पढ्नमा तेज। कक्षा ६ देखि नै प्रथम हुँदै आएकी उनले नर्सिङ प्रवेश परीक्षामा पनि पहिलो नम्बरमा नाम निकालेर सबैलाई दङग बनाइन्।

स्याङजाको अर्जुनचौपारी ३ का बासिन्दा उनको सफलतामा निकै खुसी छन्। पिसिएल नर्सिङको अध्ययनपछि सरकारी जागिर खाइन्। र, मिहिनेतले नर्सिङको प्रवेश परीक्षा सर्वोत्कृष्ट ९टपर० भइन्।

उनको सफलताको कथा छिमेकका दिदी बहिनीले आफ्ना छोराछोरीलाई उपदेशका रुपमा प्रयोग गर्न थालेका छन्।

संगीता भन्छिन्, ‘मेरो मिहिनेतको कथा यहाँका मानिसहरुलाई प्रेरणादायी भएको छ, र छात्रवृत्तिमा अध्ययन गरेको भनेर सबैले प्रशंसा पनि गर्ने गरेका छन्।’

२०७२ सालमा उनले पिसिएल नर्सिङको अध्ययन त्रिभुवन विश्वविद्यालयको महाराजगञ्ज नर्सिङ क्याम्पसबाट पुरा गरिन्।

अध्ययन सकेर त्रिवि शिक्षण अस्पतालमा ६ महिना करारमा काम पनि गरिन्। कामसँगसँगै लोकसेवाको परीक्षा दिइन्। पहिलो प्रयासमै नाम निकालिन्।

१९ वर्षको उमेरमै सरकारी जागिरे भइन्। उनको परिवारमा उनीमात्र होइनन् सरकारी जागिरे, उनकी ठूली आमा अहेब हन्, भने बुबा शिक्षक, अनि ठूलोबुबा आर्मी।
घरपरिवारबाटै प्रेरणा मिलेकाले आफूलाई पनि सरकारी कामतिर मोहित बनाएको उनी बताउँछिन्।

काठमाडौंकै लागि लोकसेवा लडेकी उनले परीक्षा उत्तीर्ण गरेपछि आफ्नै गाउँमा सरुवा मागिन्।

सहरको अस्पतालमा भन्दा गाउँका स्वास्थ्य केन्द्रहरुमा सेवा प्रदान गर्न रुचाउने उनी राजधानीको सेवासुविधा छोडेर गाउँ पसिन्।

‘मेरो नियुक्ति काठमाडौंमै भएको थियो तर म आफैँले घरनजिकै गाउँमा सरुवा माग गरेको हुँ,’ उनले भनिन्।

उनलाई घरनजिकै काम गर्दा आफ्नो परिवारसँगै बस्न पाइने र दुर्गम क्षेत्रमा खटिँदा उच्च शिक्षा हाँसिल गर्न सरकारले छात्रवृत्ति प्रदान गर्ने कुराले दुर्गममै खटिन लोभ्यायो।

हाल स्याङजाको गारौं प्राथमिक अस्पतालमा स्टाफ नर्सिङका रुपमा कार्यरत छिन्।

विरामीहरुको सेवामा खटिएकी उनी कसरी लाग्न नदिनेजस्ता सचेतनादेखि उपचारसम्मका सबै कार्य गर्नुपर्ने बताउँछिन्।

‘सहरका ठूला अस्पतालहरुमा रोग लागिसकेका विरामीलाई उपचार तथा हेरविचार गर्ने जिम्मेवारी पाइन्छ। त्यस्तै, नर्सहरुका पनि विधा फरक हुने गर्दछ। तर, गाउँमा

नर्सको एक विधा होइन अनेक छन्,’ उनी भन्छन्।

‘हामीले मानिसहरुमा जनचेतना जगाउनेदेखि उपचारसम्मका सबै काम गर्नुपर्छ,’ उनले भनिन्।

‘सबैभन्दा बढी चुनौती गाउँका मानिसहरुसँग सम्बन्ध बनाइराख्न र उनीहरुलाई स्वास्थ्य सुरक्षाबारे जनचेतना प्रदान गर्ने हो। गाउँका मानिसहरुलाई स्वास्थ्य सेवाबारे बुझाउँदा सहजै बुझ्दैनन्। उनीहरुको विश्वास जित्नु सबैभन्दा महत्वपूर्ण काम हो,’ उनले भनिन्।

उच्च शिक्षा हासिल गर्नकै लागि उनले ६ वर्ष दुर्गम गाउँहरुमा सेवा गरिन्।

नर्सिङमा स्नातक गर्नका लागि काम गर्दागर्दै प्रवेश परीक्षा दिएकी थिइन्।

काम गर्दै दिएको परीक्षामा पास हुन्छु कि हुन्न भन्ने सोचेकी उनले अचानक एक नम्बरमा नाम निकाल्दा विश्वास गर्न नसकेको बताइन्।

‘मैले पढ्न पनि भ्याएको थिइनँ। परीक्षा सोचेजस्तो राम्रो भएको थिएन। यसरी पर्दा पनि टप हुन्छु भन्ने कल्पना नै गरेको थिइन’ उनले भनिन्।

उनले आफ्नो मनैदेखि नर्सिङप्रति लगाव रहेका कारण सफल भएको बताइन्।

‘नर्सिङ पेशा साचेजस्तो सजिलो छैन। दिन र रात नभनी विरामीहरुको सेवामा खटिनुपर्छ। इज्जत कमाउने लोभ वा कसैको करमा कहिले पनि नर्सिङ पढ्नु हुन्न,’ उनले भनिन्।

जुनै पनि पेसामा लगाव वा इच्छा हुन्न, त्यो पेसामा हात हाल्नु हुन्न। नर्सिङ सेवामा पनि इच्छा नभए भीडमा नआउन उनको सल्लाह छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *