कोरोना अस्पतालको सुचिकृत गर्न गृह मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेपछि, गृह मन्त्रालयले सबै जिल्लाहरुका अस्पताल, आईसोलेसन सेन्टर तथा मेडिकल कलेजलाई कोरोना अस्पतालमा सूचिकृत गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयको सचिव स्तरीय निर्णय गर्दै ७७ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई अस्पतालहरुको सूचि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउन निर्देशन दिएको हो।

त्यस्तै, सूचिकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्याङक वा विवरण दैनिक रुपमा अनिवार्य अध्यावधिक गर्नुपर्ने, मासिक अध्यावधिक विवरण एकिन गरी सो अनुसार निशुल्क उपचार भएका संक्रमितहरुको विवरण अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एचओइसीमा पठाउने र सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण अनुगमन गर्न निर्देशन दिइएको छ।

पहिलो र दोस्रो कोरोना लहरमा सूचिकृत भएका अस्पतालहरु पुन सुचिकृत गर्न मन्त्रालयले निर्देन दिएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *