कोरोना खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न आधारदरमा कर्जा उपलब्ध गराइने

हेल्थपोस्ट नेपाल

 

सरकारले महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तिय संस्थाबाट आधारदरमा कर्जा उपलब्ध गराउने भएको छ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेले यस्तो जानकारी दिएका हुन्।

उनले कोभिडबाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तिय संस्थाबाट सहज रुपमा कर्जा प्रवाहको व्यवस्था मिलाउने तथा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना तथा सञ्चालन गर्न वित्तिय स्रोत उपलब्ध गराउन सहजीकरण गरिने बताए।

नीतिमा बैंक तथा वित्तिय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन गरिने, बैंक तथा वित्तिय संस्थाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्पर्क कार्यालयखोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने, ग्राहक पहिचानलाई व्यवस्थित गर्न इ–केवाइसी विकास गर्नेलगायतका व्यवस्था गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *