एकैदिन थपिए ३ हजार ९१५ सक्रिय संक्रमित, २७ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घन्टा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १८ हजार ५८२ नमुना परीक्षण गरिएको मध्ये ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार २ हजार ११८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ।

कुल संक्रमितमध्ये हालसम्म ९३ दशमलव २७ प्रतिशत निको भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७ जनाको निधन भएको । हालसम्म संक्रमणबाट १० हजार २३९ जनाको निधन भइसकेको छ।

शुक्रबार देशभर ३८ हजार ७ सय ९८ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ३५ हजार ५१८ होम आइसोलेसन र ३ हजार २८० संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार १८६ भेन्टिलेटरमा सहित ७३६ जनाको आइसियूमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *