कोरोना खोप लगाएको एकहप्ता पछि संक्रमण भएको खण्डमा खोपले काम गर्छ ?

हेल्थपोस्ट नेपाल

 

कोभिड –१९ खोपको पहिलो मात्रा लगाएको एक हप्तापछि पिसिआर परीक्षण गर्दा पोजेटिभ देखियो। खोप लगाएको बेला कोभिड–१९ जस्तो कुनै लक्षण थिएन। के यो अवस्थामा पहिलो मात्रा खोप काम नलाग्ने हुन्छ?

हुँदैन। खोप लगाएको दुई हप्ता पछि मात्रै खोपले सुरक्षा प्रदान गर्दछ। पुर्णरूपले सुरक्षित हुन खोपको पुरै मात्रा लिनुपर्दछ। पहिलो मात्रा लगाएको छोटो समयमा संक्रमित हुनु भयो भने पहिलो मात्रा दोहोराएर खोप लगाउनु पर्दैन। दोस्रो मात्रा संक्रमण मुक्त भएको कम्तीमा ३० दिन पछि लगाउनु पर्दछ।

तर, यदि तपाई कोरोना संक्रमित हुनुहुन्छ भने खोप लगाउन हुँदैन। यसरी खोप केन्द्र जाँदा अरूलाई पनि संक्रमण सर्ने धेरै सम्भावना रहन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *