एपोनले पायो नयाँ नेतृत्व, अध्यक्षमा प्रज्वल जंग पाण्डे

हेल्थपोस्ट नेपाल

 

नेपालका औषधि उद्योगहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) ले नयाँ नेतृत्व पाएको छ।

एपोनको शुक्रबार भएको अधिवेशनले अध्यक्षमा प्रज्वल जंग पाण्डे लाई सर्वसम्मतिले चयन गरेको हो।

यसअघि कार्यकालमा अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए।

अधिवेशनले अध्यक्ष सहित अन्य पदाधिकारी तथा सदस्य चयन गरेर ११ सदस्यीय कार्यसमितिलाई पूर्णता पनि दिइसकेका छन् । नयाँ कार्यसमतिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ।

यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका एपोनले जनाएको छ।

लामो समयदेखि संघको विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका क्षेत्री एपोनको नेतृत्वमा आएसँगै संघलाई मजबुत बनाएर लाने पाण्डे बताउँछन्।

उनले एपोनको २९ वर्षकोे इतिहासमा एक दशकभन्दा बढी समयदेखि निरन्तर सदस्यदेखि महासचिवसम्म विभिन्न पदमा रही संघ सार्थक भूमिका तथा नेपाली औषधिको उत्पादन र गुणस्तर अभिवृद्धिका महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।

औषधि विषयमा एमफार्म गरेका पाण्डेले एमबिबिए पढाइसमेत पूरा गरेका छन्। उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का एसोसिएट प्रोफेसरसमेत हुन्न। उनले औषधि उत्पादन तथा व्यवस्थापनमा लगातार २३ वर्ष राम्रो अनुभव बटुलेका छन। पाण्डे लोमस फर्मास्युटिकल्ससित आबद्ध छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *