स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सम्पति कति? भन्छन् – राज्यलाई आधा सम्पत्ति दिन्छु

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो जीवनकालमा कमाएको सम्पत्तिको ५० प्रतिशत हिस्सा ट्रष्ट बनाएर राज्यको सेवामा लगाउने प्रतिबद्धता जनाएका छन्।

बिहीबार इमेज च्यानलको हटसिट कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले  आफूसँग ३० अर्बभन्दा बढी सम्पति भएको खुलाएका छन्।

‘कोरोना भएपछि म एकदमै भावुक भए। पहिलो पटक कोरोना भएपछि मलाई के महसुस भयो भने भेट्न पनि पाइदैंन, बोल्न पनि पाउँदैन भने सम्पति के–को लागि? मेरो आधा सम्पत्ति फाउण्डेशनमा राख्ने हो। जसले जनताको सेवा गर्छु,’ राज्यमन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले अहिले भइरहेको स्वास्थ्य संस्था सेवामुलक रूपले खोलेको दाबी समेत गरे।

‘मन्त्री भएपछि मैले सबै संस्थाबाट राजिनामा गरेको छु। प्रत्यक्ष संम्लग्न छैन। स्वास्थ्य संस्थाबाट मुनाफा नलिने र जनताको सेवामा मात्रै समर्पित गर्छु,’ उनले भने।

राज्यमन्त्री श्रेष्ठ नेपालका एक व्यवसायी हुन्।

‘म राजनितीमा केही लिन आएको होइन। जीवन त छोडेर जानुपर्छ। मेरो भएको सम्पति शिक्षा, स्वास्थ्य क्षेत्रलाई सहयोग गर्छु ,’ उनले भने, ‘सार्वजानिक रूपमा प्रतिबद्धता गर्छु। म सँग भएको सम्पति ५० प्रतिशत राज्यलाई दिन चाहन्छु।’

शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत तथा घरजग्गा व्यवसायमा सफल उनी स्वास्थ्य राज्यमन्त्री भएपछि स्वार्थ बाझिने गरी नीतिगत निर्णय लिनसक्ने भन्दै विरोध भएको छ।

उनको धेरै ठाउँमा  लगानी  छ ।

पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका उनी ललितपुर हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक प्राइम कमर्शियल बैंकका मुख्य लगानीकर्ता हुन्।

चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ। हाउजिङ तथा रियल स्टेटमा पनि उनको लगानी छ।

 



One thought on “स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सम्पति कति? भन्छन् – राज्यलाई आधा सम्पत्ति दिन्छु

  1. यिनी मन्त्री हुदा विरोध गर्नेलाई देखाई दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *