सरकारले दक्षिण कोरिया जाने नेपालीलाई खोप दिने, यी हुन् खोपकेन्द्र ?
दक्षिण कोरिया जाने नेपालीहरुले कोरोनाविरुद्धको खोप पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै उनीहरुलाई कोरोनाविरुद्धको जोनसन एण्ड जोनसन खोप दिने भएको हो।
रोजगार वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीहरुलाई खोप लगाउन मन्त्रालयले आह्वान गरेको छ।
प्रहरी अस्पताल,महाराजगन्ज र सैनिक अस्पताल छाउनीबाट लगाउन खोप लगाउन सकिने छ।
मन्त्रालयले खोप लगाउन जाँदा मास्क लगाउने,भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड अपनाउन आग्रह गरेको छ ।