‘नेपाल डाक्टर’ ले परिचित षडानन्दको कोरोना संक्रमणले निधन

हेल्थपोस्ट नेपाल

 

कोरोना संक्रमणका कारण झापामा शुक्रबार एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। ४२ वर्षीय अहेव षडानन्द नेपालको मृत्यु भएको हो। उनको उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा निधन भएको हो।

झापा हल्दिबारी गाउँपालिका-१ गोलधापका उनी नेपाल औषधि व्यवसायी संघ झापाका सदस्य तथा द नेपाल क्लिनिक एण्ड डाइग्नोसिस सेन्टर गोलधापका सञ्चालकसमेत रहेका मातृका तिम्सिनाले जानकारी दिए।

उनी हल्दिबारी तथा गोलधाप क्षेत्रका लोकप्रिय स्वास्थ्यकर्मी मानिन्थे। उनी ‘नेपाल डाक्टर’ का नामले परिचित पनि थिए। उनको निधनले समाजले कुशल स्वास्थ्यकर्मी गुमाएको सांसद राजेन्द्र लिङ्देनले बताए।

सांसद लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ति भर्खरै म दोस्रोपल्ट कोरोना संक्रमित हुँदा स्वास्थ्य सल्लाह र आवश्यक औषधि ल्याइदिने स्वास्थ्यकर्मी, औषधि व्यवसायी, हामी सबैका प्रिय, कठोर मेहनतबाट स्थापित हाम्रा छिमेकी भाइ षडानन्द नेपाल स्वयं कोरोनाका कारण हामीमाझ नरहनु भएको समाचारले स्तब्ध र दु:खी छु। दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ उनको निधनमा नेपाल औषधि व्यवसायी संघको अगुवाइमा बिर्ताबजारदेखि बिर्तामोडसम्मका औषधि पसल बन्द गरिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *