मास्क लगाउनाले अक्सिजन होइन, संक्रमण रोकिन्छ
मास्क लगाउँदा हाम्रो शरीरले फालेको कार्बनडाइअक्साइड नै फेरी फोक्सोभित्र फर्किएर गएर हाम्रो शरीरलाई चाहिने जति अक्सिजनको मात्रा पुग्दैन रे नि?
मास्क लगाउनाले शरीरमा न त अक्सिजनको मात्रा कम हुन्छ, न त कार्बनडाइअक्साइडको मात्रा नै बढ्छ। परमाणुहरू यति सुक्ष्म हुन्छन् कि तिनीहरू सजिलै हामीले लगाउने मास्क पार गर्न सक्दछन्। थुकका छिटाहरू भने तिनका तुलनामा धेरै ठुला हुन्छन् र मास्कले छेक्न सक्छन्। त्यसैले मास्क लगाउँदा सास फेर्न कुनै समस्या हुँदैन। बरू फोहोर वा ओसिलो मास्क लगायौं भने सास फेर्न कठिनाइ हुन सक्छ। त्यसैले कोरोना भाइरसबाट बच्नलाई सधैं सफा र सुरक्षित मास्क लगाऔं।
कोरोना संक्रमणबाट बच्चका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं।
– मास्क लगाऔं
– भौतिक दुरी कायम गरौं
– बेलाबेलामा साबुनपानीले हात धाऔं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय