बिहीबार ३८ हजार १८० सक्रिय संक्रमित, ३२ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २४७३ जना र ४६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ गरी ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट १० हजार २१२ जनाको मृत्यु भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार बिहिबार २ हजार २९४ संक्रमणमुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ।

बिहिबार देशभर ३८ हजार १८० सक्रिय संक्रमित छन्। जसअनुसार ३४ हजार ८३८ होमआइसोलेसन र ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार देशका विभिन्न अस्पतालमा १८३ भेन्टिलेटरमा सहित ७३७ जनाको आइसियूमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *