बालबालिका लागि सरकारले फाइजर र मोर्डेना खोप ल्याउँदै

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोर किशोरीलाई लक्षित गरी फाइजर र मोर्डेनाका कोरोना खोप ल्याउने गरी गृहकार्य अघि बढाइएको बताएका छन्।

अहिले लगाइराखिएको खोप १८ वर्ष उमेर मुनिका किशोर किशोरी र बालबालिकालाई लगाउन नमिल्ने भन्दै ती उमेर समूहका लागि उपयुक्त खोप ल्याइने श्रेष्ठले बताए।

‘१८ बर्षभन्दा मुनिका किशोर–किशोरी र बालबालिका फाइजर र मोर्डेनाको खोप ल्याउने प्रक्रिया अगाडी बढेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘केही समयभित्र सरकारले खोप ल्याउने छ।’

त्यसैगरी उनले आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई खोप लगाउने गरी कार्यक्रम अगाडि बढेको बताएका छन्।

असोज मसान्तसम्म कुल एक करोड ८ लाख डोज खोप आउने सुनिश्चित भएको भन्दै उक्त अवधिभित्र कम्तिमा ३३ प्रतिशत जनतालाई खोप लगाइने दाबी गरे।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आजसम्म ४५ लाख जनालाई पहिलो डोज खोप लगाइएको छ। त्यो भनेको कुल जनसंख्याको झन्डै १५ प्रतिशत हो।

त्यसैगरी, राज्यमन्त्री श्रेष्ठले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यार्थीहरूलाई खोप उपलब्ध गराउने तयारी बताए।

कोभिडसिल्डको खोप भण्डारणमा बाँकी रहे १८ देखि ३० वर्ष सम्मका विद्यार्थीलाई खोप दिइने छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *